जन्मदिनमा सिटिजन लाइफको बीमा पोलिसी उपहार

१० फाल्गुन २०८२, आईतवार १७:३५

काठमाडौं । पछिल्ल्लो समय विवाह, जन्मदिन, बैंवाहिक वर्षगाठ लगायतको अवसरमा बीमा पोलिसी उपहार दिने चलन बढीरहेको छ । जिन्सी सामानको सट्टामा बीमा पोलिसी उपहार दिदा सुरक्षा प्रदान गर्ने भएर यो निकै महत्वपूर्ण मानिएको छ ।

यसैक्रममा फागुन १० गते पर्न गएको मनोज कुमार लामिछानेको जन्मदिनको अवसरमा जीवन सुरक्षालाई प्राथमिकता दिँदै एक विशेष कार्यक्रम सम्पन्न गरिएको छ। उक्त अवसरमा सिटिजन लाइफ इन्स्योरेन्स अन्तर्गत सात लाख ५० हजार रुपैयाँ बीमांक रकम बराबरको जीवन बीमा पोलिसी उपहार स्वरूप प्रदान गरिएको छ । उक्त बिमा पोलिसी सुशील ओझा एजेन्सी म्यानेजर, पेप्सिकोला शाखाबाट प्रदान गरिएको हो । कार्यक्रममा शाखा प्रबन्धक रोशन रावतसमेत उपस्थित भई जन्मदिनको शुभकामना तथा बधाइ ज्ञापन गरेका थिए ।

जन्मदिनको अवसरमा गरिने जिन्सी उपहार तथा भड्किलो पार्टीभन्दा दीर्घकालीन सुरक्षामा लगानी गर्ने सोचका साथ बिमा पोलिसी रोज्नु भएकोमा मनोज कुमार लामिछानेको कदम प्रेरणादायी मानिएको छ । सो अवसरमा सिटिजन लाइफ इन्स्योरेन्स पेप्सिकोला शाखाले मनोज कुमार लामिछानेलाई सुस्वास्थ्य, दीर्घायु तथा उज्ज्वल भविष्यको कामना व्यक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*