लघु निर्जीवन बीमा कम्पनीले सात महीनामा गरे ७३ करोडको व्यवसाय

१२ फाल्गुन २०८२, मंगलवार ११:४४

काठमाडौं । नेपालमा लघु निर्जीवन बीमा व्यवसाय गरिरहेका ४ वटा कम्पनीहरूले चालू आर्थिक वर्षको सात महीनामा ७३ करोड ६२ लाख रुपैयाँभन्दा बढीको व्यवसाय गरेका छन्।

नेपाल बीमा प्राधिकरणको एक तथ्यांकअनुसार चालू आवको सात महीनामा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले ७८ हजार १९३ वटा बीमालेख बिक्री गरेर सर्वाधिक २० करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रोमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले ६९ हजार ५४९ वटा बीमालेख जारी गरेर १९ करोड २८ लाख रुपैयाँभन्दा बढीको व्यवसाय गरेको छ भने तेस्रोमा ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले ५३ हजार ८१७ वटा बीमालेख मार्फत १७ करोड ९३ लाख रुपैयाँको व्यवसाय गरेको छ।

त्यसैगरी स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले ७१ हजार १९३ वटा बीमालेख बिक्री गरेर १६ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको देखिएको छ। कम्पनीहरूले देशका कठिन र विकट भू–भागमा समेत आफ्नो बीमालेख बिक्री गरी व्यवसाय भित्र्याउन सफल भएका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*