लघु जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ६३ करोड रुपैयाँ, कुनको कति ?

१२ फाल्गुन २०८२, मंगलवार १७:१९

काठमाडौं । नेपालमा सञ्चालन रहेका लघु जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा ६३ करोड ७५ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरण मंगलबार सार्वजनिक गरेको विवरण अनुसार तीन लघु बीमा कम्पनीहरुले सात महिनाको अवधिमा उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

समीक्षा अवधिमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सबीच बीमा शुल्क आर्जनमा निकै कडा प्रतिस्पर्धा देखिएको छ । जसमा क्रेष्ट माइक्रो लाइफले २२ करोड ८१ लाख रुपैयाँ र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले २२ करोड ७३ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले १८ करोड २० लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीहरुले देशका विभिन्न कुनाकाप्चामा पुगेर शाखा सञ्जाल बढाउँनुका साथै बीमा व्यवसाय पनि बढाइरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*