छोरीको विवाहमा बुवाको तर्फबाट सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । छोरीको विवाहको अवसरलाई स्मरणीय बनाउँदै एक बुवाले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसी उपहार स्वरूप दिएका छन्।
धर्म देव साहले आफ्नी छोरी अन्जु कुमारी साहको विवाहका अवसरमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको “सिटिजन शुभारम्भ जीवन बीमा योजना” छनोट गरी ७ लाख ५० हजार रुपैयाँ बीमाङ्क रकम बराबरको जीवन बीमा गरिदिएका हुन्।
उनले यो बीमा भविष्यको सुरक्षालाई ध्यानमा राखेर शुरु गरिएको बताएका छन्। विवाहजस्तो महत्त्वपूर्ण अवसरमा दिइएको बीमा पोलिसी उपहारले भविष्य सुरक्षित हुनुका साथै आइपर्ने आर्थिक संकटसँग जुध्न पनि योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
बीमा योजनाले भविष्यमा आइपर्न सक्ने जोखिम कम गर्न ठूलो सहयोग र राहत पुर्याउने कम्पनीले जनाएको छ। कम्पनीले प्रत्येक अभिभावकले सन्तानको सुरक्षित भविष्यका लागि समयमै योजना बनाई जीवन बीमा पोलिसी खरीद गर्न सुझाव दिएको छ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले परिवारको आर्थिक सुरक्षा र दीर्घकालीन समृद्धिका लागि विभिन्न जीवन बीमा पोलिसीहरू ल्याएको छ। आर्थिक बचतको बानी सानैदेखि शुरू गरिएमा भविष्य मजबूत हुनुका साथै जीवनमा आइपर्ने अनिश्चित जोखिमहरूलाई न्यूनीकरण गर्ने कम्पनीले बताएको छ।












