विवाहमा दाजु–भाउजुले दिए नेशनल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । आफ्नी बहिनीको विवाहको अवसरलाई स्मरणीय बनाउँदै दुई दाजुभाईले नेशनल लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी उपहार दिएका छन् । बहिनीको आउँदो भविष्यलाई थप सुरक्षित र आर्थिक समस्यालाई टार्नको लागि दाजुभाईले बीमा पोलिसी उपहार दिएका हुन् ।
रामेछाप नगरपालिका – ९ मा बसोबास गर्ने दाईहरु सम्बर बहादुर माझि र नमस माझि तथा भाउँजुहरु फुलमाया माझि र सुनिता माझिले बहिनी बास्मती माझीलाई नेशनल लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले नेशनल लाइफ इन्स्योरेन्सको पाँच लाख रुपैयाँ बीमांक बराबरको जीवन अमृत १६आजीवन बीमा योजना दिएका हुन् ।
आज अर्थात माघ १३ गते सम्पन्न भएको विवाहको अवसरमा अभिकर्ता मिद्र बहादुर माझी र दुई दाई–भाउजुहरुले संयुक्त रुपमा सो पोलिसी हस्तान्तरण गरेका छन् । उनीहरुले यो बीमा भविष्यको सुरक्षालाई ध्यानमा राखेर शुरु गरिएको बताएका छन् । विवाहजस्तो महत्त्वपूर्ण अवसरमा दिइएको बीमा पोलिसी उपहारले भविष्य सुरक्षित हुनुका साथै आइपर्ने आर्थिक संकटसँग जुध्न पनि योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
बीमा योजनाले भविष्यमा आइपर्न सक्ने जोखिम कम गर्न ठूलो सहयोग र राहत पुर्याउने कम्पनीले जनाएको छ। कम्पनीले प्रत्येक अभिभावकले सन्तानको सुरक्षित भविष्यका लागि समयमै योजना बनाई जीवन बीमा पोलिसी खरीद गर्न सुझाव दिएको छ।












