हिमालयन लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक गोपाल घिमिरेको निधन
१४ फाल्गुन २०८२, बिहीबार १०:३१

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक गोपाल घिमिरेको निधन भएको छ । फागुन ११ गते घिमिरेको असामयिक निधन भएको हो ।
घिमिरे कम्पनीको सञ्चालक समितिमा गत कात्तिक २१ गते स्वतन्त्र सञ्चालक नियुक्त भई कार्यरत थिए ।
उनको निधनप्रति कम्पनीले दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ ।












