जन्मदिनमा आमालाई छोराले दिए बीमा पोलिसी उपहार

२८ फाल्गुन २०८२, बिहीबार १०:३०

काठमाडौं । पछिल्लो समय विभिन्न चाडपर्व र उत्सव आदिमा जिन्सी, सामान, गहना लगायतका महंगा उपहार दिनुको सट्टा बीमा पोलिसी दिने प्रचलन बढ्दै गइरहेको छ।

यसै क्रममा धुनिवेशी नगरपालिका–७ धादिङ ठेगाना भएका उत्सव कार्कीले आफ्नी आमाको जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएका छन् । विदेशमा बसोबास गर्दै आएका उनले आमा लक्ष्मी कार्कीलाई ७ लाख रुपैयाँ बीमांक भएको सिटिजन लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार दिएका हुन् ।

सिटिजन लाइफ इन्स्योरेन्सको महाराजगंज शाखामा कार्यरत एजेन्सी म्यानेजर दिपा कुवरले सो बीमा गराएकी हुन् । महाराजगंज शाखा प्रवन्धक दिपक पोखरेलले बीमा क्षेत्रमा बीमा उपहारको संस्कारले बीमा व्यवसायमा पहुँच र विस्तारमा टेवा पुगेका बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*