छोरोको जन्मदिनमा सन नेपाल लाइफको बीमा पोलिसी उपहार

६ चैत्र २०८२, शुक्रबार १२:२३

काठमाडौं । पछिल्लो समय जन्मदिन, विवाह, चाडपर्व तथा अन्य विशेष अवसरमा महंगा सामान, जिन्सी सामग्री वा गरगहना उपहार दिनुको सट्टा दीर्घकालीन महत्व बोकेको बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ। यसैको थप एक उदाहरणस्वरूप सैनामैना नगरपालिका वडा नम्बर ८ निवासी प्रचण्ड भारीले आफ्नो छोरा प्रशान्त भारीको १९औं जन्मदिनको अवसर पारेर सन नेपाल लाइफको जीवन बीमा पोलिसी उपहार दिएका छन्।

प्रचण्ड भारीले सन नेपाल लाइफ इन्स्योरेन्स मार्फत २५ लाख रुपैयाँ बीमांक रहेको जीवन बीमालेख आफ्नो छोरालाई उपहारस्वरूप दिएका हुन्। सामान्य भौतिक उपहारभन्दा फरक र भविष्यमा उपयोगी हुने सोचका साथ उनले बीमा पोलिसी उपहारमा दिएका हुन्। उनका अनुसार जीवनमा आइपर्न सक्ने विभिन्न जोखिमविरुद्ध आर्थिक सुरक्षा दिने र नियमित बचतको बानी बसाल्ने माध्यमका रूपमा जीवन बीमा प्रभावकारी हुने भएकाले छोराको जन्मदिनमा यस्तो उपहार रोजिएको हो। छोरोले जीवनको प्रारम्भिक उमेरदेखि नै भविष्य, सुरक्षा र बचतको महत्व बुझ्न सकोस् भन्ने उद्देश्यले बीमालेख उपहार दिएको बताएका छन्।

प्रचण्ड भारीले सन नेपाल लाइफ इन्स्योरेन्सका विभिन्न सेवा र सुविधाप्रति पनि आफू प्रभावित भएको बताएका छन्। विशेषगरी आपतकालीन अवस्थामा राहत उपलब्ध गराउने व्यवस्था तथा ‘सन मेडिकेयर’ जस्ता नवीनतम सुविधाले बीमालाई अझ उपयोगी बनाएको उनको भनाइ छ। उनले यस्ता सुविधा धेरैले लिए आपतकालीन अवस्थामा ठूलो राहत मिल्ने विश्वास व्यक्त गरेका छन्।

पछिल्लो समय जीवन बीमालाई केवल जोखिमविरुद्धको सुरक्षा मात्रै नभई परिवारप्रतिको जिम्मेवारी, आर्थिक अनुशासन र दूरदर्शी सोचको प्रतीकका रूपमा समेत लिन थालिएको छ। त्यसैले जन्मदिनजस्ता विशेष अवसरमा जीवन बीमालेख उपहार दिने अभ्यास क्रमशः विस्तार हुँदै गएको देखिन्छ।

यस विषयमा सन नेपाल लाइफ इन्स्योरेन्सको मुर्गिया शाखाकी शाखा प्रबन्धक लक्ष्मी पाण्डेले बीमालेखलाई उपहारका रूपमा दिने प्रवृत्तिले जीवन बीमाको विस्तार र विकासमा सकारात्मक टेवा पुर्‍याएको बताइन्। उनका अनुसार यस्ता अभ्यासले जीवन बीमाप्रति आमनागरिकको विश्वास बढाउनुका साथै यसको आवश्यकता र उपयोगिताबारे चेतना फैलाउन समेत मद्दत पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*