आठ महीनामा २८ अर्ब प्रथम बीमाशुल्क आर्जन, कुन कम्पनीको कति?

११ चैत्र २०८२, बुधबार १५:३८

काठमाडौं । १४ वटा जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको आठ महीना (साउनदेखि फागुन मसान्तसम्म) मा २८ अर्ब १४ करोड ७६ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।

नेपाल बीमा प्राधिकरणले आजै सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक ७ अर्ब ४२ करोड ४३ लाख रुपैयाँ, दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले ४ अर्ब ४ करोड १६ लाख रुपैयाँ र तेस्रोमा एलआईसी नेपालले २ अर्ब १५ करोड ८३ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ।

त्यसपछि सूर्यज्योति लाइफले १ अर्ब ८९ करोड ६० लाख रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ७० करोड ६८ लाख रुपैयाँ, एशियन लाइफले १ अर्ब ६० करोड १६ लाख रुपैयाँ, हिमालयन लाइफले १ अर्ब ५३ करोड ४६ लाख रुपैयाँ, आइएमई लाइपmले १ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले १ अर्ब २८ करोड ८ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन्।

त्यसैगरी सानिमा रिलायन्स लाइफले १ अर्ब २५ करोड ९२ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ५ करोड ६९ लाख रुपैयाँ, मेट लाइफले १ अर्ब १ करोड ५३ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ९५ करोड ३५ लाख रुपैयाँ र सन नेपाल लाइफले ७३ करोड ३७ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*