लघु जीवन बीमा कम्पनीहरुको व्यवसाय ७२ करोड, क्रेष्ट र गार्डियनबीच कडा प्रतिस्पर्धा

११ चैत्र २०८२, बुधबार १५:५३

काठमाडौं । नेपालमा सञ्चालित लघु जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा ७२ करोड नौ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित तीन वटा लघु जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् । विवरण अनुुसार क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले समीक्षा अवधिमा २५ करोड ८८ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।

साथै, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले २५ करोड ६१ लाख रुपैयाँ र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले २० करोड ५९ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*