लिबर्टी माइक्रो लाइफको गोलबजार र हेटौंडा शाखा उद्घाटन

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवा विस्तार योजना अनुरुप यही चैत्र १३ गते मधेश प्रदेश अन्तर्गत गोलबजारमा तथा चैत्र १४ गते बागमति प्रदेशको राजधानी हेटौंडामा शाखा उद्घाटन गरेको छ ।
गोलबजार उप–शाखाको उद्घाटन, गोलबजार न. पा. वडा न. ६ प्रमुख सन्जिब लामा, उप–शाखा प्रमुख सुशीला श्रेष्ठ तथा हेटौंडा शाखाको उद्घाटन हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नविन सिग्देल, डिभिजनल हेड अमिस राज जोशी साथै लिबर्टी माइक्रो लाइफका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव, प्रमुख बजार प्रबन्धक अशोक कुँवर, दाबी प्रमुख गोविन्द रेग्मी लगायतले गरेका हुन् ।
गोलबजार न. पा. वडा न. ६ प्रमुखले नयाँ उप–शाखा मार्फत यस क्षेत्रका स्थानीयहरू लाभान्वित हुने कुरा बताएका छन् । त्यसैगरी हेटौंडा शाखाको कार्यक्रममा उद्योग वाणिज्य संघ हेटौंडाका अध्यक्ष प्रमोद रानाभाट, अटोमोवाईल एशोसिएन, सहकारी अभियन्ता लगायत अन्य व्यवसायी, अभिकर्ताहरु तथा समाज सेवीहरुको बाक्लो उपस्थिति रहेको थियो । कम्पनीको शाखा विस्तारले यस क्षेत्र वरिपरि रहेको बजारहरुमा लघु बीमाको सेवा सजिलै लिन सकिने तथा लघु जीवन बीमाको सचेतनाले यस क्षेत्रका बासिन्दाहरु लाभान्वित हुने कुरा अतिथिहरुले बताउँदै कम्पनिको सफलताको शुभकामना दिएका छन् ।
कम्पनिका कार्यकारी प्रमुख राम कुमार यादवले कम्पनीको मिसन र भिजनको बारेमा प्रष्ट पार्नुका साथै बजार बिभाग प्रमुख अशोक कुवँरले न्यून बीमाशुल्कमा धेरै बीमाङ्कको जोखिम वहन गर्नुका साथै ग्रामीण क्षेत्रका लागि लघु जीनव बीमा वरदान सावित भएको बताए । लघु जीवन बीमाले बीमाको पहुँच बाहिर रहेका वर्गहरुलाई बीमाको दायरामा समेटनुका साथै बीमालेख जारी गर्ने प्रकिया देखि दावी भुक्तानी सबै डिजिटली गर्ने भएकोले लघुु जीवन बीमाको सेवा ग्राहकले घरमै बसी लिन सकिने बताए ।












