अन्नप्राशनमा बुबाले छोरीलाई दिए आइएमई लाइफको २५ लाखको बीमा पोलिसी उपहार

१७ चैत्र २०८२, मंगलवार १६:३७

काठमार्डाैँ। पछिल्लो समय जन्मदिन, विवाह, चाडपर्व, अन्नप्राशन तथा अन्य विशेष अवसरमा महंगा सामान, जिन्सी सामग्री वा गरगहना उपहार दिनुको सट्टा दीर्घकालीन महत्व बोकेको बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ। यसैको थप एक उदाहरणस्वरूप अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ निवासी रुद्र प्रसाद देवकोटाले आफ्नो छोरी माइरा देवकोटाको शुभ अन्नप्राशनको अवसर पारेर आइएमई लाइफको जीवन बीमा पोलिसी उपहार दिएका छन्।

देवकोटाले आइएमई लाइफ इन्स्योरेन्स मार्फत २५ लाख रुपैयाँ बीमांक रहेको जीवन बीमालेख आमाको रक्षावरणसहित छोरीलाई उपहारस्वरूप दिएका हुन्। सामान्य भौतिक उपहारभन्दा फरक र भविष्यमा उपयोगी हुने सोचका साथ उनले बीमा पोलिसी उपहारमा दिएका हुन्। उनका अनुसार जीवनमा आइपर्न सक्ने विभिन्न जोखिमविरुद्ध आर्थिक सुरक्षा दिने र नियमित बचतको बानी बसाल्ने माध्यमका रूपमा जीवन बीमा प्रभावकारी हुने भएकाले छोरीको अन्नप्राशनको अवसरमा यस्तो उपहार रोजिएको हो। छोरीले जीवनको प्रारम्भिक उमेरदेखि नै भविष्य, सुरक्षा र बचतको महत्व बुझ्न सक्नेछिन भन्ने उद्देश्यले बीमालेख उपहार दिएको बताएका छन्। उनले यस्ता सुविधा धेरैले लिए आपतकालीन अवस्थामा ठूलो राहत मिल्ने विश्वास व्यक्त गरेका छन्।

पछिल्लो समय जीवन बीमालाई केवल जोखिमविरुद्धको सुरक्षा मात्रै नभई परिवारप्रतिको जिम्मेवारी, आर्थिक अनुशासन र दूरदर्शी सोचको प्रतीकका रूपमा समेत लिन थालिएको छ। त्यसैले जन्मदिन, अन्नप्राशन, वैवाहिक बर्षगाठजस्ता विशेष अवसरमा जीवन बीमालेख उपहार दिने अभ्यास क्रमशः विस्तार हुँदै गएको देखिन्छ।

यस विषयमा आइएमई लाइफ इन्स्योरेन्सको हेम्जा शाखाका शाखा प्रबन्धक कृष्ण प्रसाद पौडेलले बीमालेखलाई उपहारका रूपमा दिने प्रवृत्तिले जीवन बीमाको विस्तार र विकासमा सकारात्मक टेवा पुर्‍याएको बताए । उनले यस्ता अभ्यासले जीवन बीमाप्रति आमनागरिकको विश्वास बढाउनुका साथै यसको आवश्यकता र उपयोगिताबारे चेतना फैलाउन समेत मद्दत पुगेको तर्क राखे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*