प्रतिकित्ता २४० रुपैयाँमा सूर्यज्योति लाइफको शेयर बिक्रीमा, सबैले किन्न पाउने

१८ चैत्र २०८२, बुधबार ०६:३२

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको ५ लाख कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले शेयर खरीद गर्न इच्छुक योग्य जोकोही व्यक्ति, कम्पनी, संघ संस्थाहरूले किन्न पाउने गरी बिक्रीमा राखेको हो।

उक्त शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २४० रुपैयाँ तोकिएको छ। शेयर खरीदका लागि बोलपत्र पेश गर्दा सम्पूर्ण कित्ता अर्थात ५ लाख कित्ताकै लागि पेश गर्नु पर्नेछ। बोलपत्र आज चैत १८ गतेदेखि चैत २५ गतेभित्र पेश गरिसक्नु पर्नेछ।

बोलपत्र फाराम काठमाडौंको बालुवाटारस्थित रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडमा प्राप्त गर्न र बुझाउन सकिनेछ। बिक्री अवधिभर परेका बोलपत्रहरू चैत २६ गते बिहान ११ बजे बिक्री प्रबन्धक रिलायबल क्यापिटलको कार्यालयमा खोलिने कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*