प्रतिकित्ता २४० रुपैयाँमा आइजीआई प्रुडेन्सियलको शेयर लिलामीमा, सबैले किन्न पाउने

१८ चैत्र २०८२, बुधबार ०७:५६

काडमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहतर्फको ९४ हजार ७९७ कित्ता शेयर लिलाम बिक्रीमा राखेको छ। कम्पनीले शेयर खरीद गर्न इच्छुक योग्य जोकोही व्यक्ति, कम्पनी, संघ संस्थाहरूले किन्न पाउने गरी बिक्रीमा राखेको हो।

कम्पनीले उक्त शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २४० रुपैयाँ तोकेको छ। शेयर खरीदका लागि बोलपत्र पेश गर्दा सम्पूर्ण कित्ता अर्थात ९४ हजार ७९७ कित्ताका लागि बोलपत्र पेश गर्नु पर्नेछ।

यस्तो बोलपत्र काठमाडौंको बालुवाटारस्थित रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडबाट प्राप्त गर्न र बुझाउन सकिनेछ। बोलपत्र आज चैत १८ गतेदेखि चैत २५ गतेभित्र पेश गरिसक्नु पर्नेछ।

उक्त अवधिभर परेका बोलपत्रहरू चैत २६ गते बिहान ११ बजे क्यापिटलको कार्यालयमा खोलिने कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*