हिमालयन -रि इन्स्योरेन्सले सर्वसाधारणको लागि ३ अर्ब रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने

२७ कार्तिक २०७८, शनिबार २१:०७

काठमाडौँ। हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्ने प्रस्ताव शुक्रबार सम्पन्न सभाबाट पारित गरेको छ ।कम्पनीको हिजो सम्पन्न प्रथम वार्षिक साधारण सभाले आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले आइपीओ निष्काशन गर्ने प्रस्तावका साथै सञ्चालकहरुको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । सभाले १० अर्ब रूपैयाँ चुक्ता पुजि रहेको कम्पनीले ३ अर्ब रूपैयाँ बराबरको पुँजी संकलन गर्न सर्वसाधारणमा शेयर जारी गर्ने निर्णय गरेको हो । कम्पनीले आइपीओ जारी निर्णय गरेपनि बोर्ढको नियमावली अनुसार हाल भने सर्वसाधारणका लागि आइपीओ जारी गर्न पाउनेछैनन् ।

कम्पनीले संस्थापक शेयरधनी मार्फत ७ अर्ब रुपैयाँ पूँजी लगानी गरिसकेका छन् । कम्पनीले सभामा अधिकृत पूँजी २१ अर्ब रुपैयाँ कायम गर्दै हाललाई कम्पनीको चुक्ता पूँजी १० अर्ब कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*