बीमाको नाममा स्वास्थ्य व्यवसाय चलाउने मेट लाइफको बदमासी, प्राधिकरणलाई जानकारी नदिई एप अपग्रेड

२० चैत्र २०८२, शुक्रबार १२:०६

काठमाडौं । मेटलाइफ नेपालले बीमाको सिद्धान्त विपरित रहेर ‘वान बाई मेटलाइफ’ मोबाइल एपमा नयाँ अपडेट गरेको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणलाई नै कुनै जानकारी नदिई कम्पनीले बीमाको लागि भनेर खोलिएको स्वास्थ्य क्षेत्रमा काम गर्ने एपमा नयाँ अपडेट मार्फत रगतमा चिनीको मात्रा देखाउने सूचकको स्वास्थ्य जोखिम मूल्यांकन सुविधा थप गरेको छ। प्राधिकरणले पनि नियामकसँग कुनै जानकारी नलिई एप अपग्रेड गरेको स्वीकार गरेको छ ।

विदेशी शाखा कार्यालयको रुपमा मात्रै खोलिएको भन्दै प्राधिकरणले सबै बीमा कम्पनीहरुलाई दिँदै आएको निर्देशनमा पनि कम्पनीको अटेरीपन रहेको प्राधिकरणका एक अधिकारीले बीमापोष्टलाई बताएका छन् ।

रगतमा चिनीको मात्रा देखाउने सूचकको स्वास्थ्य जोखिम मूल्यांकन सुविधा थव गरिएको छ । यो एपमा बीमाको सुविधा ५ प्रतिशत र ९५ प्रतिशत स्वास्थ्य व्यवसाय गर्ने सुविधा दिएको छ । त्यहिपनि बीमा प्राधिकरण भने मौन बसीरहेको छ ।

बीमाको लाइसेन्स लिएर स्वास्थ्य व्यवसाय प्रवद्र्धन गर्दा पनि नियामक निकाय नेपाल बीमा प्राधिकरण मौन बसीरहेको छ । यस बिषयमा बीमा विज्ञहरुले पनि खुलेरै आलोचना गर्दै आईरहेका छन् ।
प्राधिकरणको स्थलगत सुपरिवेक्षणमा पनि यस बिषयमा कैफियत भेटिएपनि उच्च तहका कर्मचारी मौन बसीरहेका बिषयलाई कतिपयले बीमा अधिकारीहरुले उच्च तहका कर्मचारीहरुको पनि मिलोमतोमा भएको संज्ञा दिएका छन्।

मेट लाइफले सञ्चालनमा ल्याएर ‘वन’ नामक मोबाइल एपमार्फत यस्तो गैर कानुनी धन्दा भइरहेको हो । यसै बिषयमा बीमा विज्ञ रविन्द्र घिमिरेले बीमाको सिद्धान्त विपरित रहेर बीमाले काम गर्न नपाउने बताएका छन् ।

बीमाको खोल ओडेर स्वास्थ्य बीमाको काम गर्नु मेट लाइफको ‘वन बाई मेट लाइफ नेपाल’ को यस एप बीमाको सिद्धान्त विपरित रहेको हुँदा यसतर्फ प्राधिकरणको ध्यान जानुपर्ने उनको भनाई छ ।
बीमाको लाइसेन्स लिएर स्वास्थ्य क्षेत्रमा काम गर्नु बीमाको बीमा ऐन अन्तर्गत प्राधिकरणले आफनो कार्य क्षेत्र अनुसार काम गर्ने गरी अनुगमन गर्न जरुरी रहेको बीमापोष्टलाई बताएका छन् ।

२०५८ सालदेखि नेपालमा एलिको नामले अमेरिकी जीवन बीमा कम्पनीको शाखा कार्यालयको रुपमा नेपालमा बीमा व्यवसाय गर्दै आईरहेको मेट लाईफले बीमा ऐन २०७९ मा तोकिएको र निर्दिष्ट गरिएको भन्दा फरक प्रकृतिको स्वास्थ्य सम्बन्धी एप चलाएर अप्रत्यक्ष व्यवसाय गर्दै आएको हो ।

मेट लाइफले ‘वन बाई मेट लाइफ नेपाल’ नामक मोबाइल एपमार्फत बीमाको सिद्धान्त र कानुन विपरितको कार्यहरु भइरहेका छन् । अहिले उक्त एप मार्फत कम्पनीले नेपाल सरकारको आखाँमा छारो हाल्दै स्वास्थ्य सेवा अन्तर्गत औषधी आपूर्ति गर्ने, एम्बुलेन्स पठाउने, डाक्टर उपलब्ध गराउन जस्ता कामहरु गर्दै आइरहेको छ ।

विगत २४ बर्षदेखि बीमा सुविधा दिँदै आईरहेको कम्पनीले विगत दुई बर्षदेखि सरकारको आँखामा छारो हाल्दै बीमाको नाममा स्वास्थ्य सेवा दिँदै आईरहेको हो ।

कम्पनीले सुरुमा बीमितहरुको सुविधाको लागि ल्याएको भन्दै बीमा प्राधिकरणबाट स्वीकृती लिएर संचालन गरेको थियो । तत्कालिन अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा ऐनले तोकेको भन्दा बाहेकका कार्यहरु गर्न नपाउने व्यवस्था विपरित घुस सेटिङमा अनुमति दिएका थिए ।

हाल मेट लाइफको पुल्चोकस्थित केन्द्रीय कार्यालयबाट सञ्चालन भइरहेको वन एपमा बीमाको कुनै नाम निसाना छैन ।बीमा बाहेकको सुविधामा निरन्तर काम गर्दै आईरहेको छ । नियामक निकाय बीमा प्राधिकरण पनि यतिबेला कम्पनीको यो एपलाई वेवास्ता गर्दै निगरानी पनि नराखेको पाइएको छ।मेट लाइफको वन एपमा बीमा सुविधाभन्दा पनि अन्य सुविधा बढी केन्द्रित भएको पाइएको छ । त्यहि पनि स्वास्थ्य सेवा सम्वद्ध कुनै संस्थासँग आवद्ध नभई बीमाको माध्यमबाट स्वास्थ्य सेवामा सक्रिय रहि कम्पनीले आफनो उपभोक्तलाई सेवा दिँदै आईरहेको छ ।

वान बाई मेटलाइफको एपमा रहेको ३६० हेल्थ सुविधाले स्वास्थ्य सेवा डिजिटल बीमा सेवाहरूसँग सहज रुपमा एकीकृत गरेर कम्पनीले अहिले काम गरिरहेको छ ।

३६० हेल्थ प्रयोग गर्ने मेटलाइफका ग्राहकहरूले आफ्नो हृदयको गति, रक्तचाप, तथा स्वास्थ्य विवरणहरूको निगरानी विनाहको कृत्रिम बौद्धिकताद्वारा सञ्चालित स्वास्थ्य जोखिम मूल्यांकन सुविधा दिने गरेको छ ।

यसबाट उनीहरूले अपोइन्टमेन्ट बुकिङ्ग, घरमै परिक्षण, एम्बुलेन्स सेवा, भर्चुअल चिक्त्सिक परामर्श तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूबाट दोस्रो राय लिने जस्ता सेवाहरूको उपभोगको सुविधा दिइएको छ । कम्पनीले खुलेर नै गैरग्राहकहरूका लागि पनि विभिन्न सेवाहरू उपलब्ध गर्ने भन्दै यतिबेला खुलेर नै प्रचार गरिरहेको छ ।

वान बाई मेटलाइफ र ३६० हेल्थको सफल शुरुवातसँगै कम्पनीले आफ्नो ग्राहक सेवामा क्रान्ति ल्याउने र देशभरका लाखौंलाई गुणस्तरीय स्वास्थ्य सेवाहरूमा एउटै एपमार्फत सहज पहुँच दिने लक्ष्य राखेको कम्पनीले खुलेरै बताएको छ । जसमा बीमा सेवामा निकै न्यून प्राथमिकता राखेको देखिन्छ।

हालसम्म यो एप २ लाख ६१ हजार जनाले डाउनलोड गरेका छन् भने ७१ हजार ५ सय जनाले रजिष्टेसन गर्दै यो सुविधा उपभोग गर्दै आईरहेका छन् । जसमा ४४ हजार ५ सय जनामात्रै बीमितहरुले यो सुविधा उपभोग गरेका छन् ।
वन बाई मेट लाइफ नेपालको एप बीमितभन्दा पनि स्वास्थ्य सेवाको लागि ल्याइएको भनेर यस तथ्यांकबाट सपष्ट देख्न सकिन्छ ।

२ लाख ६१ हजार सेवाग्राहीमध्ये, २ लाख १७ हजार बीमितबाहेकले यो सुविधा लिएको देखिएको छ ।
बीमा प्राधिकरणका एक अधिकारीले मेट लाइफको ए वान एपले पछिल्लो समय बीमाको सिद्धान्त विपरित काम भईरहेको स्वीकार गरेका छन् । बीमितलाई सेवा दिने भनेर ल्याइएको यस एपले पछिल्लो समय बीमा पोलिसी होल्डर बाहेकलाई पनि यो सुविधा दिएको कारण बीमाको सिद्धान्त विपरित रहेको बीमापोष्टलाई जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*