नेशनल लाइफ इटहरी शाखाका उत्कृष्ट अभिकर्ताहरु सम्मानित

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी इटहरी शाखामा आवद्ध उत्कृष्ट अभिकर्ताहरु सम्मानित भएका छन् । आर्थिक वर्ष २०८१।०८२ अन्तर्गत वार्षिक कार्यक्रम अनुसार अभिकर्ता भेला तथा सम्मान कार्यक्रम आयोजना गरी उत्कृष्ट अभिकर्ताहरु सम्मानित भएका हुन् ।
इटहरीको दुर्गा पार्टी प्यालेसमा शनिबार आयोजित कार्यक्रममा व्यक्तिगत व्यापार तर्फ प्रथम भएकी रोजिना चौधरी, दोश्रो गीता कार्की र तेश्रो रेनुका शेर्पा सम्मानित भए।
सञ्जाल तर्फ प्रथम हुन सफल किर्तनलाल साहु, दोश्रो सन्तवहादुर तामाङ र तेश्रो मनोज थापा मगर सम्मानित भए । सम्मानित अभिकर्ताहरुलाई प्रदेश प्रमुख नरेन्द्र राईले प्रमाण पत्र मेडल सहित सम्मान गरेका थिए ।
इटहरी शाखाबाट निरन्तर तीन वर्षसम्म नेशनल रत्न अवार्ड पदक विजेता सुशन चेली राई, छत्रकुमारी याखा मादेम्बा र जानुकला तामाङ सहित हरेक महिना सर्बोत्कृष्ट ब्यापार गर्ने १२ जना अभिकर्ताहरुलाई टप अफ द मन्थबाट पुरस्कृत गरिएको छ । कार्यक्रममा अभिकर्ता संघ कोशी प्रदेश अध्यक्ष किशान शाहीले कम्पनीको ब्यवासय बृद्धिमा अभिकर्ताको महत्वपुर्ण भूमिका रहेको बताए ।
कार्यक्रममा शाखा प्रमुख भोजमान श्रेष्ठले अभिकर्ता पारिश्रमिक योजनाबारे जानकारी दिनुभएको थियो भने कोशी प्रदेश प्रमुख नरेन्द्र राँईले बीमा व्यवसाय प्रति धेरै युवा युवतिको आर्कषण वढ्दै गएकोले समय र प्रवृधि अनुसार चल्न सके,बीमा ब्यवसायमा सहजै सफल हुन सकिने बताए ।

कम्पनीका कोशी प्रदेश प्रमुख नरेन्द्र राईको सभापतित्व र धरान शाखा प्रमुख प्रेम राईको सञ्चालनमा सम्पन्न भएको सो कार्यक्रममा पथरी शाखा प्रमुख रबिन्द्र लिङदम, इनरुवा शाखा प्रमुख रञ्जित साह, केन्द्रिय सदस्य भोला साह, इटहरी शाखा समितिका अध्यक्ष सुशनचेली राई, पथरी शाखा अध्यक्ष कृष्ण ढकाल लगायतको आतिथ्यता रहेको थियो ।











