जन्मदिनमा छोरीलाई रिलायबल नेपाल लाइफको १० लाखको बीमा पोलिसी उपहार

२३ चैत्र २०८२, सोमबार १६:२९

काठमाडौँ । पछिल्लो समय जीवन बीमालाई विभिन्न  जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समयको भड्किलो खर्चभन्दा आर्थिक जोखिम सुरक्षाको लागि आम मानिसका आवश्यकताहरू पहिचान गरी भविष्य सुनिश्चितको लागि बीमा पोलिसी उपहार दिने प्रचलन बढेको हो। होटेल तथा रेस्टुरेन्टहरूमा गई लाखौँ खर्च गरी विभिन्न उत्सवहरू मनाउनुको साटो बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको विकास भएको हो ।
यस क्रममा कञ्चनपुर कृष्णपुर नगरपालिका  वडा नम्बर १ बस्ने हाल कार्यक्रमको सिलसिलामा छिमेकी मुलुक भारतमा बस्दै आएको एक दम्पतीले  छोरी पूर्णिमा बोहरालाई जन्मदिनको अवसरमा अवसर पारेर बीमा पोलिसी उपहार दिएका छन् । बुवा खगेन्द्र बहादुर बोहरा र  आमा जानकी महरा बोहराले आफ्नो छोरीको भविष्यको लागि र छोरी र आफ्नो जीवन सुरक्षा सँगै बचतको लागि बिमा गरेको उनले बताए रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय अत्तरियाबाट १० लाखको लोकप्रिय बीमा पोलिसी सर्व सुलभ  जीवन बिमा उपहार दिएका हुन् । जुन पोलिसीमा बच्चाको बीमा गर्दा प्रस्तावक बुवाको पूर्ण रूपमा आर्थिक सुरक्षा हुने हुन्छ ।
दम्पतीले आफ्नो छोरीको बीमा आमाबुवाको जिम्मेवारी बीमालाई हस्तान्तरण गरेको आफू हुँदा वा नहुँदा  दुवै कुरामा बच्चा सुरक्षित हुने परिवारमा आर्थिक सुरक्षा बचतसँगै जोखिम हेरि पारिवारिक भविष्यका लागि लागि भन्दै उनले  बीमा पोलिसि उपहार दिएका हुन्।
शाखा प्रमुख मोहन बहादुर बोहराले प्रशंसनीय प्रेरणादायी कार्य गरेकोमा दम्पतीलाई बधाई तथा नानीको जन्मदिनको शुभकामना तथा उज्ज्वल भविष्यको कामना दिँदै पोलिसी घरमै पुगी हस्तान्तरण गरे । उक्त पोलिसी अत्तरिया शाखाका कुशल अभिकर्ता समाजसेवी स्कुलका कुशल शिक्षक लेखापाल लेबल नेपाल लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर बीमा प्रशिक्षक आफ्नो गाउँ समाजलाई बीमाको दायरामा जोड्न लागि परेका आदरणीय हुकुम बहादुर बोहराको सहकार्यमा बीमा पोलिसी  हस्तान्तरण गरिएको छ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको अब्बल दर्जाको जीवन बीमा कम्पनी हो । नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त राष्ट्रिय वाणिज्य बैक , ग्लोबल आइएमई बैंक लगायत उच्च खाती प्राप्त व्यक्तिहरू मुख्य प्रवर्द्धक रहेको कम्पनीको बोनसदर पनि उल्लेखनीय रहेको छ पछिल्लो समय रिलायबल हरेक क्षेत्रमा आम नेपालीको पहिलो रोजाईको पहिलो बीमा कम्पनी बनिरहेको छ विश्वसनीयता सरलता र अतिरिक्त सुविधासहितका जनप्रिय बीमा योजना एकदमै उत्कृष्ट रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*