अर्थमन्त्री स्वर्णिम वाग्लेको सम्पत्ति: १९ करोडको बढीको घरजग्गा, करोडौं बैंक ब्यालेन्स

काठमाडौं । आज सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार अर्थमन्त्री डा। स्वर्णिम वाग्ले निकै धनि देखिएका छन् । उनको सम्पत्ति विवरणमा काठमाडौंको चन्द्रागिरीमा बुवाको नाममा ३ रोपनी जग्गा रहेको सम्पत्ति विवरण उल्लेख गरेका छन् ।
वाग्लेको बुवाको नाममा रहेको चन्द्रागिरीको ३ रोपनी जग्गा उतिबेला २० लाख रुपैयाँमा किनिएको भएपनि आजको मूल्य करिब नौ करोड ६० लाख भन्दा बढी पर्छ । काभ्रेको धुलिखेलस्थित भिल्ला समेतको कूल मूल्य अन्दाजी १९ करोड भन्दा बढि रहेको देखिन आएको छ ।
त्यसैगरी, धुलिखेलको विवादित भिल्ला पनि सम्पत्ति विवरणमा देखाएका छन् । धुलिखेलमा तीन करोड ७५ लाख रुपैयाँमा किनेको अपार्टमेन्ट भनेका छन् । धुलिखेलमा अपार्टमेन्ट नभई भिल्ला हो । धुलिखेलको भिल्ला सबोनका निवर्तमान अध्यक्ष रमेश हमालसँग किनेको वा उनले मिलाई दिएको भन्ने चर्चा यसअघि चलेको थियो ।
अर्थमन्त्री वाग्लेले ४५ तोला सुन रहेको समेत उल्लेख गरेकाछन् । त्यसैगरी, यही फागुन २१ गतेको निर्वाचन अघि फागुन १२ गते ग्लोबल आईएमई बैंकबाट एक करोड पाँच लाख रुपैयाँ ऋण लिएको समेत उल्लेख गरेका छन् ।
ऋण लिएको रकम, र आर्जन गरेको समेत गरी सानिमा बैंक, हिमालयन बैंक र स्टाण्डर्ड चार्टर्ड बैंक समेतमा गरी उनको नाममा एक करोड ९० लाख रुपैयाँ बचत रहेको उल्लेख छ । त्यसैगरी, उनको नाममा सांग्रिला विकास बैंक समेत अपरमादी हाईड्रोमा समेत शेयर रहेको उल्लेख गरेका छन् ।
हेरौं अर्थमन्त्री डा। वाग्लेको सम्पत्ति उनकै भाषामाः















