राष्ट्रिय जीवन बीमाका सेवा अब कागजातविहीन, अत्याधुनिक मोबाइल एप सार्वजनिक

काठमााडैँ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले डिजिटल सेवा तथा मोबाइल एप सञ्चालन ल्याएको छ । आफ्ना ग्राहकवर्गलाई थप सरल, सहज र प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले अत्याधुनिक मोबाइल एप सार्वजनिक गरेको हो ।
अब सम्पूर्ण आर्थिक कारोबारलाई कागजातविहीन बनाएको कम्पनीले जनाएको छ । अबदेखि सेवाग्राहीहरूले कम्पनीको सेवा प्राप्त गर्न कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको हो ।
कम्पनीले प्रदान गर्ने सुविधाहरू डिजिटल माध्यमबाटै प्राप्त गर्न सकिने जनाएको छ । ।मोबाइल एप गुगल प्ले स्टोरबाट कम्पनीको आधिकारिक एप डाउनलोड गरी बीमा शुल्क भुक्तानी आफ्नो बीमा योजनाको विवरण, प्रिमियम गणना र अभिकर्ता सम्बन्धी जानकारी तुरुन्तै प्राप्त गर्न सकिनेछ ।
अनलाइन भुक्तानीः बीमा शुल्क र कर्जाको साँवा ब्याज अब घरैबाट कनेक्ट आइपिएस, ईसेवा, खल्तीतथा फोनपे मार्फत सहजै भुक्तानी गर्न सकिनेछ । कागजातविहीन आर्थिक कारोवारः कम्पनीबाट हुने दावी भुक्तानी, भेन्डर भुक्तानी लगायतका सम्पूर्ण खर्च एवं भुक्तानी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरी पूर्ण रूपमा ‘पेपरलेस’ बनाइएको छ ।
प्रविधिको यो उच्चतम प्रयोगबाट सेवा प्रवाहमा अझ सहज, सुरक्षित, प्रभावकारीता, पारदर्शिता, शीघ्रता र विश्वस्तनियता कायम हुने कम्पनीले विश्वास लिएको छ । साथै, कम्पनीले आगामी दिनहरूमा समेत सूचना प्रविधिमा आधारित सेवाहरूको थप विस्तार, स्तरोन्नति तथा नवप्रवर्तन गर्दै सेवाग्राहीको सन्तुष्टि अभिवृद्धि गर्ने दृढ प्रतिवद्धता व्यक्त गरेको छ ।











