हिमालयन लाइफ इन्स्योरेन्सका अध्यक्ष नारायण बजाजले लिए पद तथा गोपनीयताको शपथ
२ बैशाख २०८३, बुधबार १७:५६

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समितिका नवनियुक्त अध्यक्ष सीए नारायण बजाजले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले अध्यक्ष बजाजलाई शपथ गराएकी हुन् ।
यसअघि, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले चैत ३० गते हिमालयन रिइन्स्योरेन्स लिमिटेडका संचालक समितिका अध्यक्ष उदय कुमार निरौलालाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।
त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी उपस्थित थिए ।











