एकैदिन ३ कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति, कुनले कति ?

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले एकैदिन ३ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बैशाख २ गते एभरेष्ट कलर लिमिटेड, माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजलाई आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको हो ।
एभरेष्ट कलरले अंिकत मूल्य १०० रुपैयाँमा ७ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्ने छ । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
यता, माउण्ट एभरेष्ट पावरले अकिंत मूल्य १०० रुपैयाँमा २५ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्ने छ । बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।
साथसाथै, सर्वोत्तम पेन्ट्सले अंकित मूल्य १०० रुपैयाँमा ८ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने छ । बिक्री प्रबन्धकमा भने ग्लोबल आईएमई क्यापिटल रहेको छ ।











