हिजोको सामान्य सुधार टिकेन, आज नेप्सेमा दोहोरो अंकको गिरावट

१९ कार्तिक २०८३, बिहीबार १५:०७

काठमाडौं । हिजो झिनो अंकले बढेको शेयर बजारमा आज पुनः गिरावट आएको छ। पछिल्ला कारोबार दिनमा बजारले स्थिर दिशा समात्न नसक्दा लगानीकर्तामा अन्योल देखिएको छ।

आज बिहीबार नेप्से परिसूचक १२.९५ अंकले घटेर २ हजार ६५२.५८ विन्दुमा झरेको छ। आज जम्मा ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

बुधबार नेप्से परिसूचक १.४० अंकले बढेर २ हजार ६६५.५३ विन्दुमा पुगेको थियो। त्यसदिन बजारमा ७ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो।

त्यसअघि मंगलबार नेप्से ६.६२ अंकले बढेको थियो भने सोमबार ३२.६५ अंकले घटेको थियो। यसले पछिल्ला दिनमा बजारमा उतारचढाव कायम रहेको देखाउँछ।

आजको कारोबारमा अधिकांश उपसूचकहरू ओरालो लागेको देखिएको छ। होटल तथा पर्यटन, विकास बैंक, जीवन बीमा, जलविद्युत्, अन्य र बैंकिङलगायतका क्षेत्रमा गिरावट देखिएको छ। बजारमा सूचक घट्नुका साथै अधिकांश कम्पनीको शेयर मूल्यमा समेत गिरावट आएको छ। आज ५६ कम्पनीको शेयरमूल्य बढ्दा २११ कम्पनीको घटको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*