आजसम्म युनाइटेड मोदी हाइड्रोपावरको शेयर किन्नेले लाभांश पाउने

३ बैशाख २०८३, बिहीबार ०६:४९

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १२औं वार्षिक साधारणसभाका लागि भोलि वैशाख ४ गते बूक क्लोज गर्ने भएकोले आजसम्म कम्पनीको शेयर किन्नेले प्रस्तावित लाभांश पाउनेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर तिर्नका लागि ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यो निर्णय पारितका लागि वैशाख २७ गते काठमाडौंको कालीमाटीस्थित कालीमाटी ब्याङ्क्वेटमा बिहान ११ बजे सभा बोलाएको छ।

सभाले अन्य कम्पनीहरूमा लगानी सहज बनाउन होल्डिङ कम्पनीको रूपमा विकास गर्नका लागि कम्पनीको नाम परिवर्तन र सोही अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्य संशोधन गर्ने, हकप्रद निष्काशन गर्ने र यसका लागि आवश्यक सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*