सिटी होटलको लक–इन अवधि सकिंदै, संस्थापक र कर्मचारीको शेयर कारोबारमा आउने

३ बैशाख २०८३, बिहीबार ०८:४६

काठमाडौं । सिटी होटल लिमिटेडको संस्थापक तथा कर्मचारीको स्वामित्वमा रहेको कुल २ करोड ७२ लाख ३९ हजार ३२८ कित्ता शेयरको लक–इन अवधि समाप्त हुने भएको छ।

कम्पनीका अनुसार कुल दर्ता भएको शेयरमध्ये संस्थापक शेयरधनी र कर्मचारीको नाममा रहेको शेयरको लक–इन अवधि २०८३ जेठ ५ गते समाप्त हुनेछ। सो मितिपछि सम्बन्धित शेयरहरू कारोबारका लागि खुला हुनेछन्।

हाल कम्पनीको संस्थापक समूहअन्तर्गत २ करोड ७१ लाख १८ हजार ८०० कित्ता शेयर रहेको छ भने कर्मचारीतर्फ १ लाख २० हजार ५२८ कित्ता शेयर लक–इनमा रहेको रहेको छ।

लक–इन अवधि समाप्त भए पनि कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने प्रचलित नियमअनुसार शेयर अझै रोक्का रहने कम्पनीले जनाएको छ। कम्पनीको शेयर रजिष्ट्रारका रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*