निष्क्रिय खाता सञ्चालनमा ल्याउन महालक्ष्मी विकास बैंकको आग्रह
३ बैशाख २०८३, बिहीबार १०:५५

काठमाडौं । महालक्ष्मी विकास बैंकले लामो समयदेखि सञ्चालनमा नआई निष्क्रिय रूपमा रहेका खाताहरू सक्रिय बनाई सञ्चालन गर्न आफ्ना ग्राहकलाई आग्रह गरेको छ।
त्यसरी लामो समयदेखि निष्क्रिय रहेका खाताहरू पुनः सञ्चालनमा ल्याउन बैंकको आफूलाई पायक पर्ने जुनसुकै शाखा कार्यालयमा गई खाता अद्यावधिक गराउन सकिने बैंकले जानकारी दिएको छ।
साथै हालसम्म आफ्नो ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गराउन बाँकी रहेका ग्राहकलाई पनि आवश्यक कागजात सहित नजिकैको शाखा कार्यालयमा गई आफ्नो विवरण अद्यावधिक गर्न बैंकले अनुरोध गरेको छ।











