अन्य बीमा कम्पनीको बिजनेस हत्याउन पोलिसीभन्दा फरक गैरकानुनी रुपमा सुविधा दिँदै नेको इन्स्योरेन्स

३ बैशाख २०८३, बिहीबार १३:४३

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले अन्य बीमा कम्पनीहरुको बिजनेस हत्याउन बीमा पोलिसीभन्दा फरक सुविधा दिने आश्वासन बीमितहरुलाई दिँदै आईरहेको पाइएको छ।

यसै बिषयमा बीमा प्राधिकरणले कम्पनीलाई सपष्टिकरण पनि सोधिसकेको छ। फास्ट ट्रयाकको बीमा देखि सामान्य बीमासम्ममा कम्पनीको ध्यान नयाँ बिजनेस ग्रोथभन्दा अन्य बीमा कम्पनीको जस्तै बिजनेस कसरी लिन सकिन्छ भन्नेमै बित्ने गरेको पाइएको छ ।

कम्पनीले बीमा पोलिसीभन्दा बाहिर गएर प्राइस कटिङ्गदेखि बीमा ऐन विरुद्धका कामहरु समेत गरेको पाइएको छ। गत महिना दुई लाखको नगद जरिवाना गरेको नेको इन्स्योरेन्स पुन कारवाहीमा पर्न सक्ने प्राधिकरणको स्रोतले जनाएको छ।

यसअघि पनि कृषि बीमामा बीमामा फरक पोलिसी जारी गरेर सेल गरेको भन्दै प्राधिकरणले नगद जरिवाना गराईसकेका छ । राजनितिक आडमा बीमा प्राधिकरणको नियम लत्याउदै आईरहेका कम्पनीका सिईओ अशोक खड्काले सरकार परिर्वतन हुँदा पनि आफनो मनमानी गर्न भने छोडेको छैन ।

नेको इन्स्योरेन्स कम्पनी नियामक निकाय नेपाल बीमा प्राधिकरण सबैभन्दा धेरै कारवाहीमा पर्ने कम्पनी हो । बीमा पोलिसीभन्दा फरक सुविधा दिने आश्वासन दिएको भन्दै यसअघि पनि इलामको चियाबारीमा भएको आगलागीको बीमामा पनि कमपनीले यस्तै गरेको पाइएको थियो । कम्पनीसँग बीमापोष्टले बुझन खोज्दा सम्बन्धित व्यक्तिसाग मात्रै कुराकानी गर्ने भन्दै सम्र्पक विहिन भएका थिए ।

अन्य बीमा कम्पनीमा झै समान बीमा योजना भएको खण्डमा बिजनेस टेकओभर गर्न समस्या हुने भन्दै बीमा योजनामा भन्दा फरक सुविधा कम्पनीले दिन्छ भन्दै अन्य कम्पनीहरुले डिल गरेको प्रोजेक्टमा टेकओभर गर्ने गरेको पाइएको छ।

साथै महँगो इक्यूभमेन्टको पनि सस्तो इक्यूभमेन्टको श्रेणीमा राखेर सस्तोमा बीमा गर्ने गरेको पाइएको छ । कम्पनीले नेपालका टप बिजनेस गरिरहेका शिखर इन्स्योरेन्सदेखि सामान्य कारोबार गर्दै आइरहेका नेशनल इन्स्योरेन्स कम्पनीसम्मको बिजनेस टेकओभर गर्न फण्डा लगाएको अन्य कम्पनीका प्रमुखहरु बताँउछन् ।

कम्पनीका कर्मचारीहरुले बीमा ऐन विरुद्ध र बीमा पोलिसीभन्दा फरक काम गर्नु गैरकानुनी रहेको भन्ने सल्लाह दिएपनि कम्पनीका सिईओ अशोक खड्काले जागिर जानेसम्म चेतावनी दिएसँगै चुपचाप काम गर्न बाध्य छन् । बिजनेससम्बन्धी बैठकमा पनि बीमा ऐन विरुद्धको काम नगरि नयाँ बिजनेस नआउने भन्दै कर्मचारीहरुलाई उक्त रुलस फलो गर्न आग्रह गर्न गर्दछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*