हिमालयन रिका सिईओ सहित उच्च पाँच पदाधिकारीलाई प्राधिकरणले सोध्यो सपष्टीकरण
३ बैशाख २०८३, बिहीबार १७:०७

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्सका सिईओसहित उच्च पाँच पदाधिकारीहरुलाई सपष्टीकरण सोधेको छ। हिल्टन होटलको बीमाको सन्दर्भमा हिमालयन रि इन्स्योरेन्सका सिईओ उपासना पौडेल, डेपुटी सिईओ मुकेश कुमार कपूर, कार्यकारी निर्देशक मनिष कुमार, शिशिर गौरे र सन्तोष केसीलाई बीमा प्राधिकरणले सपष्टिकरण सोधेको हो ।
प्राधिकरणको स्रोतका अनुसार चित्त बुझदो जवाफ नआएको खण्डमा बीमा ऐन अनुसार कारवाहीको प्रकृया अघि बढाउने तयारी गरीएको छ।











