यूनाइटेड मोदी हाइड्रोपावरको शेयर मूल्य समायोजन
३ बैशाख २०८३, बिहीबार १७:५१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।
कम्पनीले शेयरधनीहरुलाई ७ प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य ६०३.७४ कायम गरिएको हो । यसअघि कम्पनीको मूल्य ६४६ रुपैयाँ रहेको थियो ।
शुक्रबार समायोजन गरिएको मूल्यबाट उक्त कम्पनीको शेयर कारोबार हुनेछ ।











