५ कम्पनीले बुक बिल्डिङ्गमार्फत आईपीओ जारी गर्ने, नेप्सेसँग सम्झौता
३ बैशाख २०८३, बिहीबार १८:०६

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र ५ कम्पनीबीच बुक बिल्डिङ्ग निर्देशिका बमोजिम बुक बिल्डिङ्गमार्फत आईपीओ निष्कासन गर्नका लागि सम्झौता भएको छ । नर्भिक हस्पिटल, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युव आयल लिमिटेडबीच समझदारी भएको हो ।
उक्त कम्पनीहरुले बुक बिल्डिङ्गमार्फत योग्य संस्थागत लगानीर्काहरुको लागि छुट्याएको सेयरको शिलबन्दी बोलपत्र सम्बन्धी कार्य संचालन गर्नका लागि नेप्सेसँग सम्झौता गरेको छ ।
नर्भिक हस्पिटलले संस्थागत लगानीकर्ताको लागि ८ लाख १६ हजार ४८० कित्ता, जगदम्बा स्पिनिङ्ग मिल्सले १८ लाख कित्ता, टाइम फर्मास्युटिकल्सले ४ लाख ३४ हजार ६०० कित्ता, लक्ष्मी स्टील्सले १८ लाख कित्ता र पूर्वाञ्चल ल्युव आयल लिमिटेडले ६ लाख कित्ता छुट्याएको छ ।











