आरएसडीसी लघुवित्तको नाफामा गिरावट, अन्य वित्तीय सूचक कस्ता?

४ बैशाख २०८३, शुक्रबार ०७:३०

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। सो वित्तीय विवरण अनुसार गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको तेस्रो त्रैमासमा खुद नाफा ६.०८ प्रतिशत घटेको हो।

कम्पनीले गत आवको चैत मसान्तसम्म ६ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको चैत मसान्तसम्म घटेर ६ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ। खुद ब्याज आम्दानी पनि १७ करोड ९ लाख रुपैयाँबाट १३.६५ प्रतिशतले घटेर १४ करोड ७६ लाख रुपैयाँमा झरेको छ।

आम्दानीमा गिरावट आएसँगै समीक्षा अवधिमा सञ्चालन नाफा पनि १० करोड १४ लाख रुपैयाँबाट ६.६९ प्रतिशतले घटेर ९ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा निष्क्रिय कर्जा ३.१३ प्रतिशतबाट बढेर ३.४६ प्रतिशत पुगेको छ भने प्रतिशेयर आम्दानी ९.०१ रुपैयाँबाट घटेर ८.४६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १२४.०७ रुपैयाँ कायम भएको छ।

चुक्ता पूँजी १ अर्ब ३ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ कोषमा १९ करोड २१ लाख रुपैयाँ सञ्चिति रहेको छ भने चैत मसान्तसम्म वितरणयोग्य मुनाफा ५ करोड ६७ लाख रुपैयाँ रहेको छ। कम्पनीले ४ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ ग्राहकमा कर्जा प्रवाह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*