नेशनल हाइड्रोमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?
४ बैशाख २०८३, शुक्रबार १५:०५

काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्सेमा जम्मा ७ अर्ब ४६ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। जसमध्ये नेशनल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै ६६ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
त्यसपछि सोलु हाइड्रोपावरको ३७ करोड २६ लाख रुपैयाँ, रिडी पावरको ३४ करोड २ लाख रुपैयाँ, रिलायन्स स्पिनिङ्ग मिल्सको ३२ करोड ९५ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको २५ करोड १५ लाख रुपैयाँ र प्रभु बैंकको २४ करोड ५८ लाख रुपैयाँको शेयर खरीदबिक्री भएको छ।
त्यसैगरी शिवम् सिमेन्टको २३ करोड ९५ लाख रुपैयाँ, एसवाई प्यानलको २३ करोड १८ लाख रुपैयाँ, ङादी ग्रुप पावरको १९ करोड ५८ लाख रुपैयाँ र एनआरएनको १५ करोड ५८ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।












