आफ्नो जन्मदिनमा परिवारलाई सन नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । व्यक्तिगत खुशीका अवसरलाई अर्थपूर्ण बनाउने उदाहरण प्रस्तुत गर्दै माडी–४, चितवनका युवा उद्यमी तथा बीमाकर्मी सिमान्त चौधरीले आफ्नो जन्मदिनका अवसरमा परिवारलाई दीर्घकालीन आर्थिक सुरक्षा प्रदान गर्ने बीमा पोलिसी उपहार दिएका छन्।
सामान्यतः जन्मदिनमा हुने केक काट्ने, भोजभतेर र विभिन्न खर्चिला कार्यक्रमको सट्टा उनले भविष्यप्रति जिम्मेवार सोच राख्दै बीमालाई प्राथमिकता दिएका हुन्। उनले ‘सबै काम गरौं पटक पटक बीमा गरौं एक पटक’ भन्ने भनाइलाई मनन गर्दै यो निर्णय लिएका हुन्।
चौधरीले बजारमा उपलब्ध विभिन्न योजनामध्ये सन लाईफ नबिन आजीवन बीमा योजना रोज्दै आफ्नो तथा परिवारको आर्थिक सुरक्षालाई सुनिश्चित गर्ने निर्णय गरेका छन्। सानाठूला अनावश्यक खर्चलाई बचतमा रूपान्तरण गरी बीमामा लगानी गर्नु नै दीर्घकालीन सुरक्षा हो भन्ने सोचका साथ उनले यो कदम चालेको बताएका छन्।
उनले विगतमा भोगेका आर्थिक कठिनाइलाई स्मरण गर्दै त्यस्ता अवस्था पुनः परिवारमा नदोहोरियोस् भन्ने उद्देश्यले यस्तो पहल गरेका हुन्। उनको यस कार्यले बीमालाई केवल औपचारिकता नभई जीवनयापनसँग प्रत्यक्ष जोडिएको आर्थिक उपकरणका रूपमा प्रस्तुत गरेको छ। बीमाबाट भविष्यमा सन्तानको उच्च शिक्षा तथा आफ्नो अवकाश जीवनलाई सहज बनाउने विश्वास उनले व्यक्त गरेका छन्।
यस अवसरमा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड माडी शाखाका प्रबन्धक प्रकाश अर्यालले चौधरीलाई बीमा पोलिसीसँगै फूलको बिरुवा प्रदान गर्दै बीमा र वातावरण दुवैको संरक्षणको सन्देश दिएका छन्। उनले बीमालाई निरन्तरता दिन आग्रह गर्दै यसले परिवारको भविष्य सुरक्षित बनाउने र समानान्तर रूपमा सचेत जीवनशैली विकास गर्ने बताए।











