नेपाल माइको इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा स्थगित
६ बैशाख २०८३, आईतवार ०९:३५

काठमाडौं । नेपाल माइको इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारण सभा (एजीएम) स्थगित गरेको जनाएको छ। यसअघि २०८३ वैशाख १० गते भरतपुरस्थित चितवन मिडटाउन होटलमा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाइएको थियो।
तर विशेष कारणवश सो मितिमा सभा सञ्चालन गर्न सम्भव नभएको जनाउँदै कम्पनीको सञ्चालक समितिको ५२औँ बैठकले उक्त निर्णय रद्द गर्ने निर्णय गरेको हो। सो बैठक २०८३ वैशाख ४ गते बसेको थियो।
कम्पनीले यसअघि तय गरिएको बुक क्लोज (खाता बन्द) मिति र साधारण सभा दुवै अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ। अब नयाँ मिति निर्धारण गरी पुनः सूचना प्रकाशित गरिने कम्पनीले जनाएको छ।











