युनियन हाइड्रोपावरले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित
६ बैशाख २०८३, आईतवार १८:०५

काठमाडौँ । युनियन हाइड्रोपावर लिमिटेडको विशेष साधारण सभाले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले आफ्ना शेयरधनीहरूका लागि १ः१ को अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो ।
सभाबाट पारित भएसँगै अब कम्पनीले हकप्रद शेयर निष्कासनको स्वीकृतिका लागि विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डमा आवेदन दिने प्रक्रिया अगाडि बढाउनेछ ।
कम्पनीले हकप्रद शेयरबाट संकलित रकम नयाँ आयोजनामा लगानी गर्ने योजना बनाएको छ। सभाले २३ मेगावाट क्षमताको आयू मयू खोला जलविद्युत आयोजनामा लगानी गर्ने प्रस्ताव पारित गरेको छ।











