दीपक भट्टको कम्पनीका गृहमन्त्री सुदन गुरुङको सेयर, स्टार माइक्रो इन्स्योरेन्समा कालोधनको लगानी !

६ बैशाख २०८३, आईतवार २०:४४

काठमाडौं । पछिल्लो पटक नेपाल बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष सुर्य प्रसाद सिलवालले सेटिङमा माइक्रो इन्स्योरेन्स कम्पनीको लाइसेन्स वितरण गरेका थिए ।

सो मध्ये अधिकांश दीपक भट्टले लाइसेन्स पाएका थिए । रोचक कुरा के छ भने सोही दीपक भट्टले लाइसेन्स लिएको स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री सुदन गुरुङको शेयर भेटिएको छ ।

विवादास्पद तरिकाले लाइसेन्स लिएको स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री सुधन गुरुङको २५ लाख रुपैयाँ बराबरको २५ हजार कित्ता शेयर भएको पुष्टि भएको छ । आज जनआस्थाले सार्वजनिक गरेको विवरण अनुसार गुरुङको नाम संस्थापक शेयरधनीहरु मध्ये ४९ नम्वरमा रहेको देखिन आएको छ ।

फोटो सौजन्यः जनआस्था ।

स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले सुर्य सिलवालसँगको सेटिङमा प्रतिशेयर ३०० रुपैयाँ प्रिमियम तिरेर लाइसेन्स लिएको थियो ।
लघुबीमा कम्पनीको शेयरमा तत्कालिन अर्थमन्त्री बिष्णु पौडेल र जनार्दन शर्माले घुस सेटिङमा लाइसेन्स दिन अनुमति दिएका थिए । आम निर्वाचन २०७९ को बीचमा आम निर्वाचन भइरहेका बेलातत्कालिन अर्थमन्त्री जनार्दन शर्मा चुनाव खर्चका रुपमा लघुबीमाको लाइसेन्सको घुस सेटिङ गरेका थिए ।

स्टार माइक्रो इन्स्योरेन्स कम्पनीको अधिकांश शेयरहरु कालोधन लगानी भएको विश्वास गरिएको छ । सो कम्पनीमा गृहमन्त्री गुरुङ कालोधन लगानी गरेको विश्वास गरिएको छ । गृहमन्त्री गुरुङले सो कम्पनीको शेयर आफ्नो सम्पत्ति विवरणमा समेत खुलाएका छैनन् ।

उता, गृहमन्त्री सुदन गुरुङकै पद समेत धरापमा पर्ने यो काण्ड अब कसरी अघि बढ्ला आम चासोको बिषय बनेको छ ।

सो सम्बन्धमा जिज्ञाशा राख्न खोज्दा स्टार माइक्रो इन्स्योरेन्स कम्पनीका सिईओ विश्वराम तिमिला मोबाइल स्वीच अफ गरेर बेपत्ता छन् भने कम्पनीका सूचना अधिकारी दिपेन्द्रराज गौतमले केही बताउन चाहेनन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*