तेस्रो त्रैमाससम्ममा लघु निर्जीवन बीमा कम्पनीले गरे साढे ९८ करोडको ब्यवसाय, कुनले कति ?

९ बैशाख २०८३, बुधबार १७:२३

काठमाडौं । चार वटा लघु निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷०८३ को तेस्रो त्रैमाससम्म अर्थात् चैतसम्म ९८ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुलक आर्जन गरेका छन्।

सबैभन्दा बढी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले २७ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने दोस्रोमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले २४ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

त्यसैगरी स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले २३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले २२ करोड ९६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको तथ्यांकले देखाएको छ।

चालू आवको चैत मसान्तसम्ममा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १ लाख ८ हजार २६७, नेपाल माइक्रो इन्स्योरेन्सले ९२ हजार ४४, स्टार माइक्रो इन्स्योरेन्सले १ लाख २ हजार १८१ र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ७२ हजार १७१ वटा बीमालेख जारी गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*