उद्योग वाणिज्य महासंघको ६०औँ साधारण सभा वैशाख २१ र २२ मा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको स्थगित ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचनका लागि नयाँ मिति सार्वजनिक गरिएको छ। महासंघले आगामी वैशाख २१ र २२ गते कार्यक्रम सञ्चालन गर्ने जनाएको हो ।
यसअघि २०८२ चैत २९ र ३० गतेका लागि तय गरिएको साधारण सभा तथा निर्वाचन विभिन्न कारणले स्थगित भएपछि नयाँ तालिका सार्वजनिक गरिएको हो।
नयाँ कार्यतालिका अनुसार महासंघको उद्घाटन समारोह वैशाख २१ गते काठमाडौंस्थित होटल रोयल टुलिपमा आयोजना हुनेछ। त्यसैगरी निर्वाचन कार्यक्रम वैशाख २२ गते नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा सम्पन्न हुने महासंघले जनाएको छ।
महासंघले साधारण सभा तथा निर्वाचनसम्बन्धी सम्पूर्ण विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिसकेको जनाएको छ। साथै, सबै सदस्यहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ।











