सेवा, समर्पण र सामाजिक उत्तरदायित्वसँग नेपाल लाइफको २५ वर्षे उत्सव (फोटोफिचर)

२१ बैशाख २०८३, सोमबार १०:५५

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशैभर विभिन्न खालका सामाजिक अभियानका कार्यक्रमहरू सञ्चालन गर्दै आफ्ना स्थापनाको २५औं वार्षिकोत्सव मनाइरहेको छ।

कम्पनीले नुवाकोट शाखा, बनेपा शाखा, धनगढी शाखा, दमक शाखा, भैरहवा शाखा, बुटवल शाखा, बुद्ध चौक, कर्णाली प्रादेशिक कार्यालय, इटहरी शाखा, नेपाल लाइफ भवन, नारायणगढ शाखा, वीरगञ्ज शाखा, जनकपुर शाखा र हेरिटेज प्जालामा रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको छ।

कम्पनीले यसअघि पनि वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, सहयोगहरू गर्ने, रक्तदान गर्ने, वृक्षारोपण गर्ने र बीमा सम्बन्धी सचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रमहरू गर्दै आएकोमा यस वर्ष पनि उक्त कार्यक्रमहरूलाई निरन्तरता दिइने बताएको छ। प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र अध्यक्ष पुरुषोत्तम लाल संघाईंले नेतृत्व गरिरहेको यस कम्पनी वित्तीय प्रदर्शनमा समेत अब्बल ठहरिंदै आएको छ।

२५ करोड चुक्ता पूँजीबाट शुरू भएको यो कम्पनी हाल ९ अर्ब ४८ करोड रुपैयाँको चुक्ता पूँजी पुगेको छ। २६.०५ प्रतिशत मार्केट शेयर रहेको यस कम्पनीमा ६५ हजारभन्दा बढी अभिकर्ताहरू काम गरिरहेका छन्। कम्पनीले हालसम्म ५२ लाखभन्दा बढी पोलिसीहरू जारी गरिसकेको छ भने हालसम्म १७ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको लाभांश वितरण गरिसकेको छ जसमध्ये ५० प्रतिशत नगद र ५० प्रतिशत बोनस शेयर रहेको छ।

आफ्ना बीमितहरूलाई पनि उच्चदरको बोनस वितरण गर्दै आएको कम्पनीले चालू आवको तेस्रो आर्थिक वर्षसम्म आइपुग्दा २ खर्ब ८५ अर्ब रुपैयाँ लगानी गरेको छ। कम्पनीको जीवन बीमाकोष २ खर्ब ६७ अर्ब रहेको कम्पनीले राज्यलाई १७ अर्ब कर तिरेको छ। कम्पनीले आफ्ना बीमितलाई १ खर्ब १३ अर्ब रुपैयाँ दाबी भुक्तानी दिएको छ। जसमध्ये झण्डै ९ अर्ब मृत्यु दाबी भुक्तानी, र १ खर्ब ४ अर्ब अन्य दाबी भुक्तानी रहेको छ।

कम्पनीको सीईओ पराजुलीले सबैलाई कृतज्ञता ज्ञापन गर्दै ‘संस्था आगामी दिनहरूमा थप सशक्त, थप सबल भई अगाडि बढ्ने प्रण गर्दै यहाँहरूको मार्गदर्शन, विश्वास संस्थाले आगामी दिनहरूमा पनि प्राप्त गर्ने अपेक्षा गरेको’ बताएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*