धितोपत्र बोर्डको अध्यक्षको लागि सानिमा रिलायन्सका डेपुटी सिईओ पोखरेलको आवेदन

२२ बैशाख २०८३, मंगलवार १०:३२

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि सानिमा रिलायन्स लाइफका डेपुटी सिईओ डा। राकेश पोखरेलले आवेदन दिएका छन् ।

बीमा क्षेत्रमा राम्रो अनुभव बटुलेका सिईओ डा। राकेश पोखरेल सिए हुन् । उनीसँग सूर्य लाइफ र सानिमा रिलायन्स लाइफको कुशल व्यवस्थापन गरेको अनुभव रहेको छ।

ग्लोबल लिडरशिप एण्ड म्यानेजमेन्टमा शिर्षकमा पोखरेलले बैंककमा प्रोफेशनल डक्टरेटको उपाधी हासिल गरेका छन्।

उनलाई उक्त उपाधि नेपाली बीमा क्षेत्रमा खेलेको भूमिका, व्यवसायिक दक्षता, नेतृत्वदायी क्षमताको मूल्याङ्कनसहित पोखरेललाई पिडीको उपाधी प्रदान गरिएको थियो। मानार्थ डाक्टर उपाधी पाउने विभिन्न ७ तरिका मध्ये आफ्नो शैक्षिक योग्यता एवम् व्यवसायीक कार्यको माध्यमबाट पोखरेलले सो उपाधी पाएका हुन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*