समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कानुनी असुली हुने चेतावनी

२४ बैशाख २०८३, बिहीबार १०:३३

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिले बुधबार समस्याग्रस्त घोषित १० वटा सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको हो ।

समितिका अनुसार अब अन्य समस्याग्रस्त सहकारी संस्थाका ठूला ऋणीहरूको नाम पनि क्रमशः सार्वजनिक गरिनेछ । समितिले जारी गरेको सूचनामा सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी बक्यौता ऋण चुक्ता गर्न आग्रह गरिएको छ ।

समितिले ऋण चुक्ता नगरे कानुनबमोजिम असुली प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको छ । साथै, अन्य ऋणीहरूको नामावली पनि चरणबद्ध रूपमा सार्वजनिक गरिने भएकाले सम्बन्धित सबै ऋणीलाई समयमै सम्पर्क गरी दायित्व भुक्तानी गर्न आग्रह गरिएको छ ।

समितिले सार्वजनिक गरेका सहकारी संस्थामा घेदुङ बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था, तुलसी बहुउद्देश्यीय सहकारी संस्था, नेपाल वित्तीय सहकारी संस्था, ओरियन्टल कोअपरेटिभ सहकारी संस्था, गौतमश्री सहकारी संस्था र नेपाल सहकारी वित्तीय संस्था रहेका छन् ।

sahakari_compressed-1778081714

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*