प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा, अन्य सूचक कस्ता?

२७ बैशाख २०८३, आईतवार ०८:०५

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक (चैत मसान्तसम्मको) वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आवको चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा नाफा र आम्दानी सहितका वित्तीय सूचकमा वृद्धि भएको हो।

गत आवको चैत मसान्तसम्म २७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले त्यसको तुलनामा चालू आवको सोही अवधिमा १.६१ प्रतिशतको सामान्य वृद्धि सहित २७ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो। चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएको कारण नाफा बढ्न मद्दत पुगेको हो।

गत आवको चैत मसान्तसम्म ३ अर्ब ४९ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा त्यसको तुलनामा चालू आवको सोही अवधिमा २८.८९ प्रतिशको वृद्धि सहित ४ अर्ब १५ करोड १७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यसले कम्पनीले आक्रामक रूपमा बीमा व्यवसाय विस्तार गरिरहेको देखाउँछ।

समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोषको आकार पनि १२ अर्ब ८० करोड १८ लाख रुपैयाँबाट ३२ प्रतिशतले बढेर १६ अर्ब ९० करोड ७५ लाख रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी ७.०७ रुपैयाँबाट घटेर ६.९१ रुपैयाँ कायम हुँदा प्रतिशेयर नेटवर्थ ११५.६० रुपैयाँ कायम भएको छ।

चुक्ता पूँजी ५ अर्ब ३० करोड ७७ लाख रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ति कोषमा १३ करोड ८४ लाख रुपैयाँ र जगेडा कोषमा ३३ करोड २१ लाख रुपैयाँ सञ्चिति रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*