बीमा प्राधिकरणद्वारा आयोजित फुटसलमा युनाइटेड अजोड प्रथम, आइएमई लाइफ दोश्रो

२८ बैशाख २०८३, सोमबार १०:१५

काठमाडौं । व्यवसायिक क्षेत्रमा उत्कृष्ट पहिचान बनाउँदै आएको आइएमई लाइफ इन्स्योरेन्सले खेलकुद क्षेत्रमा पनि आफ्नो सशक्त उपस्थिति देखाएको छ। नेपाल बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सवको अवसरमा मधेश प्रदेशद्वारा वीरगञ्जमा आयोजित फुटसल प्रतियोगितामा आईएमई लाईफ पहिलो पटक उपविजेता बन्दै ऐतिहासिक सफलता हासिल गर्न सफल भएको हो।

वीरगञ्जस्थित हाम्रो फुटसल मैदानमा सम्पन्न प्रतियोगितामा १३ वटा बीमा कम्पनीहरूको सहभागिता रहेको थियो। मधेश प्रदेश प्रमुख ओम प्रकाश राईको कप्तानी तथा नेतृत्वमा मैदान उत्रिएको आईएमई लाईफ टोलीले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै दर्शकको मन जित्न सफल भएको थियो।

पहिलो चरणको खेलमा प्रतिद्वन्द्वी टोलीलाई ५–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल पुगेको आईएमई लाईफले सिद्धार्थ इन्स्योरेन्स विरुद्धको अत्यन्त रोमाञ्चक खेलमा टाइब्रेकरमार्फत १२–११ को जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो।

त्यसपछि सेमिफाइनलमा इन्स्योरेन्स सर्भेयर समूहलाई ३–० को फराकिलो अन्तरले हराउँदै फाइनल पुगेको टोलीले उपाधिका लागि युनाइटेड अजोड इन्स्योरेन्ससँग कडा प्रतिस्पर्धा गरेको थियो। निकै रोमाञ्चक बनेको फाइनल खेलमा अन्तिम समयमा १ गोलको झिनो अन्तरले पराजित भए पनि आईएमई लाईफले पहिलो पटक उपविजेता बन्दै नयाँ इतिहास रच्न सफल भयो। टोलीका खेलाडीहरू अनिल ओझा, सूर्य गिरी, अबिन राई, राजु महर्जन, राजेश सिंह तथा राजन खड्काले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थिए भने टोलीलाई मंगल प्रताप वानियाले प्रशिक्षण दिएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*