प्रभु इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ५० करोडमाथि, इपीएस कति ?

३० बैशाख २०८३, बुधबार ०८:५०

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।

तेस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन गत बर्षको तुलनामा ५ प्रतिशतले वृद्धि भएर ५० करोड रुपैयाँ पुगकोे छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ४७ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

यस अवधिसम्ममा कम्पनीको मुनाफा ५ प्रतिशतले वृद्धि भएको छ। गत बर्ष २० करोड रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले यस अवधिसम्ममा २१ करोड १५ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।
कम्पनीको कमिशन शुल्क गत बर्षको तुलनामा २ प्रतिशतले घटेको छ ।

कम्पनीको चुक्ता पुँजी गत बर्षको तुलनामा १८ प्रतिशतले वृद्धि भएको छ । गत बर्ष १ अर्ब ४४ करोठ रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको यस अवधिसम्म्मा यस अवधिमा १ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, कम्पनीको ,महाविपत्ति कोषमा ११ करोड १८ लाख रुपैयषँ रहेको छ भने बीमा कोषमा ३ अर्ब ३५ करोड रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०९।५५ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*