छोरोको जन्मदिनमा हिमालयन लाइफको बीमा पोलिसी उपहार

३० बैशाख २०८३, बुधबार ११:३३

काठमाडौं । बीमाको महत्व बुझ्दै पछिल्लो समयमा विशेष अवसरमा आफ्ना सन्तान तथा प्रियजनलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ। आफ्ना सन्तान र परिवारको भविष्य सुरक्षित र सुनिश्चित होस् भन्ने उद्देश्यले जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका विशेष अवसरमा बीमा उपहार दिने कार्यले प्राथमिकता पाउँदै गएको देखिन्छ।

यसै क्रममा भरतपुर–११, चितवन निवासी बुद्धिमान श्रेष्ठले आफ्ना छोरा सुदीप श्रेष्ठको जन्मदिनको अवसर पारेर २० लाख रुपैयाँको “हिमालयन धन सागर बीमा पोलिसी” उपहार प्रदान गरेका छन्। उनले हिमालयन लाइफ इन्स्योरेन्स, भरतपुर शाखामार्फत २० वर्ष अवधिको उक्त बीमा योजना खरिद गरी जन्मदिनको अवसर पारेर छोरोलाई दिएका हुन्।

आजको समयमा बीमालाई केवल बचतको माध्यम मात्र नभई भावी सन्ततीको उज्ज्वल भविष्य निर्माण, जोखिम न्यूनीकरण तथा बुढेसकालको सहाराको रूपमा समेत लिने गरिन्छ। विशेषगरी बालबालिकाको उच्च शिक्षा, स्वास्थ्य तथा भविष्य सुरक्षित गर्न बीमा अत्यन्त प्रभावकारी माध्यम बन्दै गएको छ।

अनावश्यक खर्चलाई नियन्त्रण गर्दै भविष्यमा आवश्यक पर्ने शिक्षा तथा स्वास्थ्य खर्चको सुनिश्चितता गर्न जन्मदिनमा बीमा पोलिसी उपहार दिनु अत्यन्त सकारात्मक र दूरदर्शी कदम भएको अभिकर्ता पार्वती अधिकारीले बताइन्। उनकै पहलमा उक्त बीमा योजना बीमितलाई हस्तान्तरण गरिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*