जन्मदिनमा श्रीमतीलाई रिलायबल लाइफको बीमा पोलिसी उपहार

६ जेष्ठ २०८३, बुधबार १०:४५

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–६ शिवनगरका श्यामबहादुर बमले श्रीमती दीपा मल्ललाई जन्मदिनको अवसरमा जीवन बीमा पोलिसी उपहार दिएका छन्। पछिल्लो समय विभिन्न उत्सव तथा विशेष अवसरमा खर्चिलो कार्यक्रम गर्नुको सट्टा भविष्य सुरक्षित गर्ने उद्देश्यले बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ।

पेशाले शिक्षक रहेका बमले श्रीमतीको दीर्घायु, सुरक्षा र परिवारको भविष्यलाई ध्यानमा राख्दै सात लाख रुपैयाँ बीमाङ्कको सावधिक जीवन बीमा पोलिसी उपहार दिएका हुन्। उनले क्षणिक मनोरञ्जनभन्दा भविष्यलाई सुरक्षित बनाउने योजना महत्वपूर्ण हुने भएकाले बीमालाई प्राथमिकतामा राखेको बताए।

उक्त बीमा पोलिसी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अत्तरिया शाखामार्फत जारी गरिएको हो। शाखा प्रमुख मोहनबहादुर बोहराले जन्मदिनको शुभकामना दिंदै पोलिसी हस्तान्तरण गरेका थिए। एजेन्सी म्यानेजर रमेश ढाँटको सहकार्यमा दीपा मल्लकै कार्यकक्षमा पुगेर पोलिसी हस्तान्तरण गरिएको हो।

पछिल्लो समय जन्मदिन, विवाह वर्षगाँठ तथा अन्य विशेष अवसरमा बीमा पोलिसी उपहार दिने प्रवृत्ति बढ्दै गएको देखिन्छ। यसले अनावश्यक खर्च घटाएर बचत तथा आर्थिक सुरक्षाप्रति मानिसको आकर्षण बढाएको कम्पनीले बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*