मधेश प्रदेशले ११ गते बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने

८ जेष्ठ २०८३, शुक्रबार १२:११

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले जेठ ११ गते सोमबार जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ।

बीमा ऐन, २०७९ को दफा ९२ (२) मा उल्लेख गरिएको ‘बीमा मध्यस्तकर्ताले इजाजत प्राप्त गर्नु अघि तोकिए बमोजिम परीक्षा उत्तीर्ण गरेको हुनु पर्ने’ व्यवस्था बमोजिम जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा सञ्चालन गर्न लागेको हो।

परीक्षा सोमबार दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म (डेढ घण्टा) सञ्चालन हुने प्राधिकरणले जानकारी दिएको छ। परीक्षार्थीहरू नेपालभरबाट समावेश हुन सकिने मधेश प्रदेश कार्यालयले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*