एलआईसी नेपालद्वारा चुक्ता लाभ, जीवित लाभ र परिपक्व लाभ रकम लिन आग्रह

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) ले विभिन्न मितिमा परिपक्व भएका बीमालेखको चुक्ता, जीवित लाभ तथा पूर्ण परिपक्व लाभ रकम लिन बाँकी रहेका बीमितलाई दाबी भुक्तानी लिन आग्रह गरेको छ।
कम्पनीले लामो समयदेखि विभिन्न बीमालेखको चुक्ता (पेड अप), जीवित लाभ (सर्भाइभल बेनिफिट) तथा पूर्ण परिपक्व लाभ (म्याचुरिटी बेनिफिट) रकम सम्बन्धित बीमितले लिन नआएको जनाएको छ।
एलआईसी नेपालले त्यस्ता बीमितलाई आवश्यक कागजातसहित आफूलाई पायक पर्ने शाखा वा उपशाखा कार्यालयमा सम्पर्क गरी दाबी भुक्तानी लिन अनुरोध गरेको हो। दाबी भुक्तानीका लागि सक्कल बीमालेख, नागरिकताको प्रतिलिपी, रद्द गरिएको चेकको प्रतिलिपी तथा आवश्यक अन्य कागजात अनिवार्य रूपमा पेश गर्नुपर्ने कम्पनीले जनाएको छ।












