अमेरिकी डलरको मूल्यमा गिरावट, अरु मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज जेठ १२ गते मंगलबार अमेरिकी डलरको विनिमय दरमा ७३ पैसाको गिरावट आएको छ। आज एक अमेरिकी डलरको खरिद दर १५२.०८ रुपैयाँ र बिक्री दर १५२.६८ रुपैयाँ कायम भएको छ।
यस दिन युरोपियन यूरोको खरिद दर १७७.०९ रुपैयाँ र बिक्री दर १७७.७९ रुपैयाँ निर्धारण गरिएको छ भने बेलायती पाउन्ड स्टर्लिङको बिक्री दर २०६.०५ रुपैयाँ कायम भएको छ। त्यस्तै स्वीस फ्र्याङ्कको बिक्री दर १९५.४१ रुपैयाँ पुगेको छ।
खाडी मुलुकका मुद्रामध्ये एक कुवेती दिनारको खरिद दर ४९५.८६ रुपैयाँ र बिक्री दर ४९७.८२ रुपैयाँ कायम भएको छ। त्यस्तै बहराइन दिनारको बिक्री दर ४०४.९९ रुपैयाँ तथा ओमानी रियालको बिक्री दर ३९६.५७ रुपैयाँ निर्धारण गरिएको छ।
अष्ट्रेलियन डलरको बिक्री दर १०९.४६ रुपैयाँ, क्यानेडियन डलरको ११०.५४ रुपैयाँ तथा सिंगापुर डलरको ११९.५३ रुपैयाँ कायम भएको छ। चिनियाँ युआनको बिक्री दर २२.५० रुपैयाँ तथा साउदी रियालको बिक्री दर ४०.६९ रुपैयाँ तोकिएको छ।
यस्तै कतारी रियालको बिक्री दर ४१.८८ रुपैयाँ, यूएई दिरामको ४१.५७ रुपैयाँ तथा थाई भाटको ४.७० रुपैयाँ कायम गरिएको छ। जापानी येन १० एकाइको बिक्री दर ९.६१ रुपैयाँ रहेको छ भने दक्षिण कोरियाली वन १०० एकाइको बिक्री दर १०.०८ रुपैयाँ निर्धारण गरिएको छ।













