प्रधानमन्त्री बालेनले आज ३० भन्दा बढी कूटनीतिज्ञसँग छलफल गर्दै

१२ जेष्ठ २०८३, मंगलवार ०७:१८

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज मंगलबार युरोपेली संघ (ईयू) मा आवद्ध २२ देशसहित दक्षिण–पूर्वी एशियाली मुलुकका गरी ३० भन्दा बढी कूटनीतिज्ञसँग संयुक्त भेटवार्ता गर्ने भएका छन्।

गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहले चैत २५ गते नेपालमा रहेका १७ देशका राजदूतहरूसँग सामूहिक भेटवार्ता गरेपछिको यो दोस्रो भेट हो। काठमाडौंमा रहेका तथा भारतको नयाँदिल्लीबाट आएका ईयूका २२ तथा थप कूटनीतिज्ञलाई आज मंलबार बिहान ११ बजे परराष्ट्र मन्त्रालयले सिंहदरबारमा बोलाएको छ।

भेटवार्तामा प्रधानमन्त्री शाहले नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ। भेटमा नेपालका दुई प्रमुख कूटनीतिक चासो सम्बद्ध राजदूतहरूलाई ध्यानाकर्षण गराइनेछ जसमा नेपाललाई अतिकम विकसित देशको समूहमा यथावत राख्न अन्तर्राष्ट्रिय समर्थन जुटाउने र युरोपेली संघको हवाई सुरक्षाको कालोसूचीबाट नेपाललाई हटाउन पहल गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*